अदालतको काम कारवाही सम्बन्धी 2078/01/22
प्रस्तुत विषयमा हाल देखिएको नयाँ भेरिएन्ट सहितको दोस्रो कोरोना भाइरस संक्रमण देशै भरी तिब्र रुपमा विस्तार भइरहेको सन्दर्भमा कोरोना संक्रमणबाट न्यायाधीश, कर्मचारी, कानून व्यवशायी लगायत सेवाग्राही समेत संक्रमणको उच्च जोखिममा रहेको साथै सिराहा जिल्ला अदालत वार इकाई समेतको मिति २०७८।०१।२२ मा बसेको बैठकबाट भएको निर्णय बमोजिम हुन च.नं. ३६ मिति २०७८।०१।२२ को पत्रबाट अनुरोध भई आएको सन्दर्भमा यस अदालतको मिति २०७८।०१।२२ को पूर्ण बैठकबाट मिति २०७८।०१।२३ देखी मिति २०७८।०१।३१ गते सम्म देहाय बमोजिमका सेवाहरु मात्र सुचारु गरी सेवा प्रवाह गर्ने निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
अदालतको काम कारवाही सम्बन्धी |
➤पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पूर्जीको समर्थन, म्याद थप गर्ने र कल डिटेल सम्बन्धी अनुमती लिने कार्य अनिवार्यरुपमा अनलाइन वा भिडियो कन्फ्रेन्समार्फत नियमित गर्ने गराउने ।
➤अभियोग पत्र दर्ता गर्ने पक्राउ परी आएका अभियुक्तको वयान लिने र थुनछेक आदेश गर्ने ।
➤बाल सुधार गृहमा रहेका बालबालिका जिम्मा लिने सम्बन्धी निवेदन दर्ता र सो उपर हुने कारवाही।
➤ बन्दीप्रत्यक्षीकरण र निषेधाज्ञाको रिट निवेदन तथा घरेलु हिंसा सम्बन्धी फिराद पत्र र सुनुवाई गर्ने, अन्तिम हदम्याद भएका फिराद-पत्र दर्ता गर्ने ।
➤ मुद्दा फिर्ता, मिलापत्र र फैसला कार्यान्वयनतर्फ घरसारमा रकम बुझी निवेदनमार्फत रोक्का जग्गा फुकुवा सम्बन्धी कार्य, कैद भुक्तान भई छाड्ने विषय र जरिवाना बुझाउन पाउने|
➤यस अगाडी नै कसुर कायम भई सजाय निर्धारणको लागि तोकिएकोमा सुनुवाई गर्ने ।
➤ नयाँ भेरिएन्टसहितको कोभिड १९ सँग सम्बन्धित निवेदनहरु दर्ता र सुनुवाई |
➤ माथि उल्लेखित सेवाहरु बाहेकका मुद्दा पेसी तथा अन्य तारिख लगायतका सम्पूर्ण काम कारवाहीहरु सूचनामा तोकिएको अवधिसम्म स्थगित गरिने र उक्त मिति २०७८।०१।२३ देखि २०७८।०१।३१ गतेसम्मको हदम्याद, म्याद र तारिख नगुज्रिने ।
➤ यसैबीच अन्यथा निर्णय वा व्यवस्था भएको अवस्थामा बाहेक उक्त अवधिभित्रका मुद्दा दर्ता, म्याद र तारिख सम्बन्धी कार्यका लागि मिति २०७८।०२।०२ गतेदेखि ७ दिनभित्र हाजिर हुन आउँदा छुट्टै निवेदन दिनु नपर्ने ।
➤ मिति २०७८ ० २ ० २ गतेदेखि अन्यथा व्यवस्था हुने गरी कुनै निर्णय भएमा सो सम्बन्धी छुट्टै सूचना प्रकाशित गरिनेछ|
Perhaps you'd benefit from a restriction instantly after you have have} been paid. Maybe holidays outcome in|may find yourself in|can lead to} problematic ranges of gambling for you. The best occasions for a restriction are diversified and particular person to every individual. BetBlocker permits you to 1xbet plan in advance and put your block in place at the occasions you want it most. You can set up BetBlocker as many occasions, on as many units and on as many various platforms as you like.
ReplyDelete